घोराही बजारको डुबान समस्या समाधान हुँदै

 

दाङ – थोरै पानी पर्दा पनि डुबानको समस्या रहेको दाङको घोराही बजारलाई व्यवस्थित गरिने भएको छ ।

घोराही उपमहानगरपालिकाले डुबानको समस्या रहेका क्षेत्रको अध्ययन गरी दीर्घकालीन समाधान गर्न लागेको हो । नगर प्रमुख नरुलाल चौधरीले सडक डिभिजन कार्यालय दाङ र उपमहानगरपालिकाका इन्जिनियरहरूको टोलीसहित घोराही बजारको मेन रोड र स्वर्गद्वारी एफएम रोडको पानीलाई निकास दिन स्थलगत अध्ययन थाल्नुभएको छ ।

डुबानको समस्या बर्सेनि आउने गरेकोले यसको अन्त्यका लागि नालाबाट निकास दिन आवश्यक भौतिक संरचना र बजेटको योजना निर्माण गर्न लागिएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षमा काम गर्ने गरी योजना तयार पार्ने नगर प्रमुख चौधरीले सडक डिभिजनलाई आग्रह गर्नुभएको छ । सडक डिभिजन कार्यालयबाट सम्भव नभए उपमहानगरले भए पनि काम गर्ने प्रमुख चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.