बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौं–  नेपाली कांग्रेस संसदीय दलले प्रतिनिधिसभामा पेश हुने विनियोजन विधेयक, २०८२ मा मतदानको क्रममा आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।

असार १० गते (सोमबार) बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तर्गतको विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत हुने भएकाले सोही सन्दर्भमा कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले सांसदहरूलाई उक्त दिनको बैठकमा उपस्थित भई तटस्थ नरहने र विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गर्नु भएको हो ।

“बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयक २०८२ को पक्षमा मतदान गर्न यो ह्विप जारी गरिन्छ।” प्रमुख सचेतक घिमिरेद्वारा जारी ह्विपमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.