सर्लाहीको भरततालमा डुबेर महिलाको मृत्यु

सर्लाही- बागमती नगरपालिका–१२ स्थित आन्तरीक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको भरत तालमा डुबेर बुधबार एक महिलाको मृत्यु भएको छ ।

मृतकको नाम, ठेगाना खुल्न सकेको छैन् । तराईमूलको जस्तो देखिने मृतक महिला अन्दाजी २०-२१ वर्षको देखिने इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले बताउनुभयो ।

तालमा खस्नुअघि महिलाले ‘बचाऊ’ भनेर चिच्याएपछि ताल परिसरमा व्यवसाय गर्ने र घुम्न गएका मानिस घटनास्थल नजिकै पुगेका थिए । तर उनीहरुले महिलालाई सकुशल बाहिर निकाल्न भने सकेनन् ।

तालको पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेकी महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

उहाँले मृतकको परिचय खुलाउन सोधखोज भइरहेको जानकारी दिनुभयो । घाँटीमा मंगलसुत्र लगाएकी मृतक महिलाले टप्स र जिन्स पाइन्ट लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.