गोरखा-२ मा रास्वपाका कविन्द्र बुर्लाकोटीको अग्रता कायमै
रास्वपा: ७९१, नेकपा: २२१ र काँग्रेस: १३७

गोरखा- प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कविन्द्र बुर्लाकोटीको अग्रता कायमै छ ।
निर्वाचन अधिकृतका अनुसार एक हजार ३४० मत गणना हुँदा रास्वपाका बुर्लाकोटीले ७९१ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका र लेखनाथ न्यौपानेले २२१, नेपाली काँग्रेसका प्रकाशचन्द्र दुवाडीले १३७ र नेकपा (एमाले) का मिलन गुरुङले ७९ मत प्राप्त गर्नुभएको छ ।।




प्रतिक्रिया राख्नुहोस्