काठमाडौँ-८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौँ- काठमाडौँ-८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ २४५९२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपाका सुमन सायमीले ३२१७ मत प्राप्त गर्नुभयो ।

विक्रम सम्वत् २०३८ साल बैशाख १ गते काठमाडौँमा जन्मिनुभएका विराजभक्त महर्जनको प्रतिनिधिसभाको यात्रा यो दोश्रो हो ।

यस अघि २०७९ मंसिरमा भएको प्रतिनिधि सभामा उहाँ काठमाडौँको यही ८ नम्बर क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।

यसअघि, उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा विवेकशील साझा पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
महर्जन प्रचण्ड नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत बन्नु भएको थियो ।

बिजनेस एड्मिनिस्ट्रेशन’मा स्नातक गर्नुभएका श्रेष्ठले राजनीति यात्रा सुरु गर्नु पहिले होटल-रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनाहरूमा आवद्ध हुनुहुन्थ्यो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.