मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौँ- प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी हुनु भएको छ । गुरुङले २ हजार ४१५ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाउनु भएको छ ।
विक्रम सम्वत् २०३६ सालमा वीपी कोइरालाबाट सदस्यता लिएर नेपाली काँग्रेसको राजनीतिमा लाग्नु भएका टेकबहादुर गुरुङ्ग नेपाली काँग्रेसका पुराना नेताको रुपमा चिनिनु हुन्छ ।
मनाङ नेपाली काँग्रेसका जिल्लासभापति समेत भइसक्नुभएका गुरुङ २०७० मा दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।
२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित गुरुङ पुन: २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभयो ।
उहाँ नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० फागुन १३ गतेदेखि २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्री समेत बन्नु भयो ।७१ बर्षीय गुरुङ पार्टी भित्र पाका नेताको रुपमा परिचित हुनुहुन्छ ।।




प्रतिक्रिया राख्नुहोस्