दाङ-१ बाट रास्वपाका देवराज पाठक निर्वाचित

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गर्नुभएको छ ।

दाङका ६० बर्षीय देवराज पाठक दाङको गढवा गाउँपालिका, प्रगतीनगरका स्थायी बासिन्दा हुनुहुन्छ ।

रास्वपा स्थापना कालदेखि पार्टीमा आवद्ध उहाँ दोस्रो प्रयासमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल हुनु भएको हो ।

यहाँ यसअघि २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट रास्वपाको उम्मेदवार बन्नुभएको थियो।

देउखुरी क्षेत्रमा ‘पाठक सर’ भनेर चिनिने उहाँ चार दशक लामो शिक्षण सेवाबाट खारिएको भरोसायोग्य नेतृत्वका रूपमा परिचित हुनुहुन्छ।

शिक्षा क्षेत्रसँग लामो समय जोडिँदै समुदायसँग नजिक रहेकाले स्थानीय समाजमा पहिचान बनाउनु भएको छ ।

वाणिज्यशास्त्रमा स्नातक गर्नु भएका पाठकले समाजशास्त्र तथा सामाजिक मूल्य विषयमा दुईवटा स्नातकोत्तर अध्ययन गर्नुभएको छ।

संस्थागत नेतृत्वको अनुभव पनि उहाँसँग छ। नेपाल शिक्षक संघको जिल्ला उपसभापतिका रूपमा काम गरिसक्नुभएका पाठकले शिक्षा क्षेत्रको सुधारमा योगदान पुर्‍याउनु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.