सल्यानमा नेकपाका मल्ल विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गर्नुभयो ।

यस्तै, नेकपा (एमाले) का गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गर्नुभएको छ । जिल्लामा प्रमुख राजनीतिक दल र स्वतन्त्र गरी १४ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । यहाँ कुल एक लाख ६२ हजार ४४४ मतदाता रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.