महोत्तरीका १ र २ मा रास्वपा निर्वाचित

महोत्तरी- गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यहाँका चार प्रतिनिधिसभा क्षेत्रमध्ये दुईको मतपरिणाम घोषणा भएको छ । महोत्तरीका १ र २ को सम्पन्न मतगणनाअनुसार दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी हुनुभएको छ ।

घोषित मतपरिणामअनुसार महोत्तरी–१ क्षेत्रबाट प्रमोदकुमार महतो विजयी हुनुभएको छ । महतो ३४ हजार ६३६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । महतोका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरीराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १२ राजनीतिक दल र १३ स्वतन्त्रसमेत २५ उम्मेदवार रहनुभएको यो क्षेत्रमा नेकपा (एमाले)का लक्ष्मी महतो कोइरीले छ हजार ५९१ र नेपाली कांग्रेसका मुकेशराज काफ्लेले छ हजार २१३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, महोत्तरी–२ को सम्पन्न मतगणनाअनुसार रास्वपाकै दीपककुमार साह ३२ हजार ७३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले १० हजार १९८ र नेपाली कांग्रेसका किरण यादवले नौ हजार ७४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.