विनियोजन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौँ- प्रतिनिधि सभाबाट आर्थिक बर्ष २०८३/८४ को विनियोजन विधेयक पारित भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो ।

सरकारले बजेट ल्याउँदा विनियोजन विधेयकसहित राष्ट्र ऋण उठाउने विधेयक, आर्थिक विधेयक लगाएतका विधेयकहरु पनि ल्याउने गरेको छ ।

विनियोजन विधेयकले सरकारको खर्च सम्बन्धी व्यवस्था समेटेको हुनाले विनियोजन विधेयक पारित भएसँगै बजेट पनि पारित भएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक पारित हुनुअघि खर्च कटौति सम्बन्धी करिब डेढ दर्जनवटा प्रस्तावहरु अस्वीकृत भएका थिए ।

सरकारले आगामी आर्थिक वर्षका लागि गत जेठ १५ गते २१ खर्ब २४ अर्ब रुपैयाको बजेट ल्याएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.