नागरिकको प्रश्न गर्ने अधिकार कसैले खोस्न सक्दैन: काँग्रेस सभापति थापा
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले रोक्न नसक्ने बताउनु भएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रमा बोल्दै काँग्रेस सभापति थापाले सरकार प्रश्न गर्नेहरूको प्रश्न बन्द गरिदिने शैलीमा अघि बढेको भन्दै सरकारले नगरिकको प्रश्न गर्ने अधिकार खोस्न नमिल्ने बताउनु भयो ।
आफ्नो घरअघि गाडी राख्ने मान्छे प्रशासनको गाडी चढेर गएको सूचना स्थानीय आफुलाई आएको बताउनु हुँदै उहाँले यो कार्य सरकारले गरेको भए यस्ता सबै कुराहरू खेदजनक रहेको बताउनु भयो ।
यस्ता कुराहरूले नागरिकको हक खोस्न नसक्ने भन्दै सभापति थापाले सरकारको आलोचना गर्नुपर्ने ठाउँमा कांग्रेसले गर्ने बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्