अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन- नारायणगढमुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका५ खहरे खोलामा आज बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसँगै अहिले १ः१५ बजेबाट दुईतर्फी सवारी सञ्चालन गरिएको छ ।

यसअघि ११ः१५ बजे नै सडक एकतर्फी खुलाएर एम्बुलेन्स र मोटरसाइकल पार गराइएको थियो । पहिरो पन्छाउनका नारायणगढबाट लोडर, स्काभेटरव्याक हु तथा मुग्लिनबाट पनि लोडर प्रयोग गरिएको थियो । त्यो ठाउँमा ४० मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेको थियो ।

पहिरो पन्छाएसँगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढिसकेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.