नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा बिभिन्न प्रतिवेदनहरु पेश

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा बिभिन्न प्रतिवेदनहरु पेश भएका छन् । काठमाडौंको सुकेधारास्थीत एक पार्टी प्यालेशमा जारी राष्ट्रिय भेला अन्तर्गतको बन्दसत्रमा विधान संशोधन लगाएतका बिभिन्न प्रस्ताव छलफलका लागि पेश गरिएको हो । बैठकमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
उहाको प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत अपमानीत गर्ने कार्य भएको उल्लेख गरिएको छ । त्यस्तै नेता रमेश लेखकले विधान संशोधनका लागि अवधारणा पत्र पेश गर्दै सामान्यतया एक व्यक्ति एकपटकमा एकपदमा मात्र जिम्मेवारीमा रहनसक्ने गरी आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।
साथै बैठकमा नेता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल भइ आइतबार आवश्यक निर्णयसहित पारित हुने नेता मोहन बस्नेतले जानकारी दिनुभयो ।
कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने प्रक्रियामा त्रुटि रहेको संस्थापन इतर नेताहरुको दाबी छ । विधानअनुसार केन्द्रीय कार्यसमितिको निर्णय बिना, सभापति वा महामन्त्रीहरूले मात्र चाहेर विशेष महाधिवेशन बोलाउन वा प्रस्ताव पारित गर्न नसकिने तर्क उनीहरुको छ ।।





प्रतिक्रिया राख्नुहोस्