भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रमा रहेका भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगेका छन्

काठमाडौं – भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रमा रहेका भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगेका छन् ।

बाढीका कारण क्षतिग्रस्त सीमा क्षेत्रमा पछिल्लो तीन दिनदेखि गरिएको निरन्तर प्रयासपछि नेपाली सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापित गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बाढीको प्रभाव र नदी कटान अझै जारी रहेकाले नेपालतर्फबाट सीमा पहिचान गरी झण्डा पुनःस्थापना गर्न निकै कठिन भएको थियो ।

जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः नेपालको राष्ट्रिय झण्डा फहराइएको सचिवालयले जनाएको छ ।

भोटेकोशी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका विभिन्न संरचनामा क्षति पुर्‍याउनुका साथै सीमा पहिचानमा समेत चुनौती सिर्जना गरेको थियो । सीमा क्षेत्रमा बाढी तथा कटानबाट भएको क्षतिको अवस्थाबारे थप अध्ययन तथा व्यवस्थापनको कामसमेत भइरहेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.