बाढी गएको ११औँ दिनमा माथिल्लो त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

नुवाकोट — बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाबाट आएको विपद् विज्ञ टोलीले शनिबार केहीबेरअघि ती चिनियाँ नागरिकलाई सुरुङबाट उद्धार गरेको हो।

उद्धार गरिएका नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ।

बाढी गएको ११औँ दिनमा सुरुङभित्रबाट उनको जीवितै उद्धार गरिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.