प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ ।प्रधानसेनापति सिग्देल २८ भदौदेखि ३ असोजसम्म चीन भ्रमणमा रहनुहुनेछ । भ्रमणका क्रममा उहाँले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसन फोरममा सहभागिता जनाउनुहुने नेपाली सेनाले जनाएको छ ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले प्रधानसेनापति सिग्देललाई बिदाइ गर्नुभएको थियो ।भ्रमणले नेपाल र चीनबीचको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई थप योगदान पुग्ने नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति सिग्देल चीन भ्रमणमा रहँदा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.