अफ्रिकी मुलुकमा रहेका नेपालीका समस्या समाधान गर्न सभामुखको ध्यानाकर्षण

काठमाडौं– सभामुख  डीपी अर्यालसँग केन्याको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा केन्यासहित विभिन्न अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूको अवस्था, उनीहरूको कानुनी हैसियत तथा आवश्यक सहजीकरणका विषयमा छलफल भएको छ।

डा. जिमीले अफ्रिकी मुलुकहरूमा बसोबास गरिरहेका नेपालीहरूले भोग्दै आएका समस्या समाधानका लागि नेपाल सरकारमार्फत आवश्यक कूटनीतिक पहल र सहयोग गरिदिन सभामुख अर्यालसमक्ष अनुरोध गर्नुभएको थियो।

त्यसैगरी, दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास बन्द भएपछि त्यहाँ रहेका नेपालीहरूले भोग्नुपरेका समस्याबारे पनि छलफल भएको छ। उनीहरूलाई आवश्यक कूटनीतिक तथा कन्सुलर सेवा उपलब्ध गराउने विषयमा समेत भेटका क्रममा कुराकानी भएको थियो।

भेटमा अफ्रिकी मुलुकमा रहेका नेपालीहरूको समस्या समाधान, उनीहरूको कानुनी हैसियत सुनिश्चित गर्न आवश्यक सहजीकरण तथा कूटनीतिक सेवामा सहज पहुँचका विषयमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.