अर्घाखाँचीको छत्रदेवको मथुरा चापटारीमा ट्र्याक्टर दुर्घटना, सहचालकको घटनास्थलमै मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

लु ४ त ९७१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरमा सवार दुई जनामध्ये सहचालक पाल्पाको छहराका २२ वर्षीय गणेश राजकोटी मगरको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का चालक पुण्यप्रसाद थारु घाइते भएका छन्।

रोलर बोकेर आएको ट्र्याक्टर ओरालो सडकमा ब्रेक फेल भई दुर्घटना भएको बल्कोट प्रहरी इन्चार्ज दिवस दाहालले जानकारी दिनुभएको छ।

दुर्घटनामा घाइते भएका चालक थारुको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएको र हाल उपचार भइरहेको छ।

दुर्घटनाका क्रममा प्रत्यक्षदर्शी सञ्जय पाण्डेले चलाएको लु ७२ प २०६३ नम्बरको मोटरसाइकलसमेत क्षतिग्रस्त भएको बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.