बिराटनगर र चितवनबीचको खेल जारी

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपिएल-३ अन्तर्गत आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीचको खेल अहिले भइरहेको छ।
विराटनगरले टस जितेर जितेर फिल्डिङ रोजेको छ।
राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीप लामिछानेको कप्तानीमा विराटनगर मैदान उत्रेको छ।
मार्की खेलाडीसमेत रहेका सन्दीपको नेतृत्वमा विराटनगर सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ। पहिलो सिजन निराशाजनक प्रदर्शन गरेको विराटनगर दोस्रो सिजनमा दोस्रो क्वालिफायरसम्म पुगेको थियो।
विराटनगर र चितवनबीचको विगतका दुई भेटमा दुवै टोलीले एक–एक जित निकालेका छन्।
पहिलो संस्करणमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको थियो।
दोस्रो संस्करणमा चितवनले विराटनगरसँग बदला लिँदै ४८ रनको जित निकालेको थियो। चितवनले ५ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।
यसैगरी दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। यो खेल साँझ ५ बजे सुरु हुनेछ।।






प्रतिक्रिया राख्नुहोस्