आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ- आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको छ भने चाँदीको मूल्य रु ४५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम भएको छ ।
हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ७४ हजार ३०० र त्यति चाँदीको मूल्य रु तीन हजार ७२० कायम थियो । आशावादी छौँ ।।






प्रतिक्रिया राख्नुहोस्