प्रहरी र नागरिकबीचको दूरी अन्त्य होस्: गृहमन्त्री गुरुङ

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त महानिरीक्षक डा मनोज केसीलाई निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयमा आज डा केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उहाँले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिनुभएको हो ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्राभवकारीरूपमा काम गर्न गृहमन्त्री गुरुङले भन्नुभयो ।
फिल्ड’मा खटिने प्रहरी जवानको मनोबल उच्च राख्न निर्देशन दिँदै उहाँले प्रहरीलाई आवश्यक स्रोतसाधन दिन सरकार तयार रहेको र कुनै काममा गाह्रो अप्ठयारो छ भने सम्बोधन गर्न गृह मन्त्रालय तत्पर रहेको पनि उल्लेख गर्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्