गुणस्तरहिन स्यानिटाइजर जफत

मोरङ- गुणस्तरहिन स्यानिटाइजरहरु बजारमा विक्री भईरहेकेा गुनासो आईरहेको बेला विराटनगरबाट अनधिकृत रुपमा उत्पादन गरिएको करिब २ हजार लिटर स्यानिटाइजर जफत गरिएको छ ।

विराटनगर वडा नं. १५ स्थित ग्यालेक्सी डेण्टल एण्ड र्सर्जिकल प्रालिले उत्पादन गरेको हृयाण्ड स्यानिटाइजर नामक स्यानिटाइजर औषधी व्यवस्था कार्यालय विराटनगरको अनुगमन टोलीले विक्री वितरणमा प्रतिबन्ध लगाएर जफत गरेको हो ।

औषधी व्यवस्था विभागबाट अनुमतिको प्रक्रिया समेत शुरु नगरेकेा सो उद्योगले गोदाममा संचित गरेर राखेको अवस्थामा स्यानिटाइजर फेला परेको थियो । जफत गरिएको स्यानिटाइजरको गुणस्तर जाँचका लागि राष्ट्रिय औषधी प्रयोगशालामा पठाइने र गुणस्तरहिन भेटिए नष्ट गरिने औषधी व्यवस्था कार्यालय विराटनगरका प्रमुख संजिब शर्मा कट्टेलले जानकारी दिनुभयो ।

औषधी व्यवस्था विभागले विभिन्न उद्योगको स्यानिटाइजर विक्री वितरणमा प्रतिबन्ध लगाइरहेको बेला औषधी व्यवस्था कार्यालय विराटनगर नेतृत्वको अनुगमन टोलीले सुनसरी मोरङ औद्योगिक कोरिडोरका स्यानिटाइजर उद्योगहरुको अनुगमन गरेको छ ।

उद्योगको अनुगमन पछि बजारमा विक्री भईरहेकेा स्यानिटाइजरहरुको अनुगमन गरिने औषधी व्यवस्था कार्यालय विराटनगरले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.