“ट्रम्प-बाइडन” आरोप प्रत्यारोप

अमेरिका- अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनका उम्मेद्वारद्वय राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रतिपक्षी जो बाइडनबीच आज प्रत्यक्ष चुनाबी बहस भएको छ।

टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको चुनावी वहसमा दुई उम्मेदवारबीच सैद्धान्तिक तथा नीतिगत वहसभन्दा पनि आरोप-प्रत्यारोप बढी भएको थियो।

करिव ९० मिनेटसम्म भएको सो बहसमा कोरोनाभाइरसको महामारी, अमेरिकी अर्थतन्त्र तथा गोराहरूको दवदवा जस्ता विषय प्रमुख रुपमा उठाइएको थियो।

वहसका क्रममा डेमोक्र्याटिक  उम्मेदवार जो बाइडनले राष्ट्रपति ट्रम्पलाई अक्षम भन्दै उहाँलाई एउटा हाँस्यपात्र मात्रै भएको आरोप पनि लगाउनुभयो।

राष्ट्रपति ट्रम्पले जो बाइडनलाई पहिलेदेखि नै राजनीतिमा रहेर पनि केही गर्ने खुवी नभएको स्पष्ट भैसकेको व्यक्ति भनी आरोप लगाउनु भएको थियो।

राष्ट्रपति ट्रम्ममाथि लगाइएको गोराहरुको पक्षपाती भन्ने आरोपका विषयमा राष्ट्रपतिले राम्रो प्रतिरक्षा गर्न नसक्नु भएको विश्लेषकहरूले वताएका छन्।

अमेरिकामा राष्ट्रपति पदका लागि आगामी नोभेम्बर ३ तारिखमा चुनाव हुँदै छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.