दाङमा दुई महिलाको हत्या

दाङ- दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको शनिवार दिउँसो हत्या भएको हो ।

हत्या हुनेमा सुर्खेत घरभई घोराही उपमहानगरपालिका-१० पहेलपार बस्दै आएकी करिब ४४ बर्षीया संगीता सुनार र रुकुम घरभई सोहि ठाउँ बस्दै आएकी करिब ५० बर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ ।

प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा भएको हत्याको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । घट्ना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.