टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकका लागि छनोट

काठमाडौं- नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा छनौट भएका छन् । पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा पुगेका नेपालकै संयोग कपालीलाई ४–३ को सेटमा हराउँदै स्यान्टुले ओलम्पिकमा सहभागिता पक्का गरेका हुन् ।

लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न दक्षिण एसियाली छनोट प्रतियोगिताको फाइनलमा स्यान्टुले संयोगलाई हराएका हुन् । स्यान्टुले ११–७, ८–११, ११–७, ११–६, ८–११, ८–११, ११–९ को जित निकालेका थिए ।

यससँगै स्यान्टु टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली खेलाडी बन्न सफल भएका छन् । सेमिफाइनलमा स्यान्टुले श्रीलङ्का चमिरा गिनिगे र संयोगले श्रीलङ्काकै जयसनका डी सिल्भालाई पराजित गर्दै फाइलालमा स्थान बनाएका थिए ।

यससँगै स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि तेक्वान्दोका संगीना बैध र दीपक विष्टले यो उपलब्धि हासिल गरेका थिए ।

महिला एकलतर्फ भने नेपालकी इभाना थापा श्रीलंकाकी बन्दारा बिमान्दीसँग पराजित हुँदा सेमिफाइनलमै सिमित बनिन् । यसअघि ब्याडमिण्टन खेलाडी प्रिन्स दाहालले पनि वाइल्ड कार्डमार्फत ओलप्पिक खेल्न स्थान पक्का गरिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.