दलहरुबीच संसदको गतिरोध अन्त्य गर्ने प्रयास, सहमति जुट्नै गाह्रो

काठमाडौँ- राजनीतिक गतिरोध अन्त्य गर्न दलहरुको प्रयास अहिले पनि जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न दलका नेताहरु सहमति प्रयासमा जुटिरहेपनि ठोस सहमति हुन सकेको छैन ।

सहमति नहुंदा प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक अहिलेसम्म शुरु हुन सकेको छैन ।

गतिरोध अन्त्य गर्न दलहरु छलफलमा रहेकाले आज विहान ११ बजेको लागि बोलाइएको बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गर्नुभएकोले बैठक सारिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो ।

कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । यसैवीच प्रधानमन्त्री दाहालले आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण निर्माण गरी निकास समेत खोज्ने प्रयास भइ रहेको जानकारी दिनु भएको छ ।

बैठकको गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कानुन, न्याया तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल पनि छलफल गर्नु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.