सुपर ओभरमा ओमानलाई हराउँदै नामिबिया विजयी

काठमाडौँ- नामिबियाले आईसीसी टी-२० विश्वकप-२०२४ मा ओमानलाई सुपर ओभरमा हराउँदै विजयी सुरुवात गरेको छ ।

समूह बी को पहिलो खेलमा नामिबियाले ओमानलाई हराउँदै अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको छ ।

सुपर ओभरमा खेल जित्न ओमानले २२ रन बनाउनु पर्नेमा ओमान १ विकेट गुमाउँदै १० रनमा समेटिएपछि खेल नामिवियाले जितेको हो । यस अघि ओमानले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

मेहरन खानको उत्कृष्ट बलिङपछि ओमानले टि-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नामिबियाविरुद्ध बराबरी गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.