नेपालले दियो नेदरल्याण्सलाई १०७ रनको चुनौती

काठमाडौँ- आईसिसी टी-२० विश्वकप २०२४ मा नेपालले नेदरल्याण्सलाई १०७ रनको चुनौति दिएको छ।

अमेरिकाको ड्यालसमा भइरहेको खेलमा नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो ।

नेपालका क्याप्टेन रोहित पौडेलले ३७ बल खर्चेर सबैभन्दा धेरै ३५ रन जोडे भने अरु कुनै पनि खेलाडीले राम्रो रन जोड्न सकेनन ।

करण केसील भने १२ बलको सामना गर्दै १७ रन जोडेका थिए । यसैगरी नेपालका पहिलो पंङ्तिका ब्याट्स्मेन चाँडै नै आउट भएपछि चौँथो नम्बरमा आएका रोहितले दवावको सामना गर्नुपरेको थियो ।

कुशल मल्ल आउट भएपछि रेकर्ड होल्डर दीपेन्द्र सिंह ऐरी आएका थिए ।

ऐरीले ६ बलमा १ रन मात्र जोडे ।

गुल्सन झाले १५ बलको सामना गरेर १४ रन जोडे भने सोमपाल कामी, सागर ढकाल र अभिनाष बोहोराले १ रन पनि योगदान गर्न सकेनन ।

पहिलो इनिङको समापनसँगै नेपालका बलरहरुलाई दवाव परेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.