निजगढ विमानस्थल निर्विकल्प आयोजना होः पर्यटनमन्त्री

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देशको राष्ट्रिय हित र विकाससँग जोडिएको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको निर्विकल्प आयोजना भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा भएको बैठकमा पर्यटनमन्त्री भट्टराईले वर्षौदेखि चर्चामा रहेको बहुप्रतीक्षित निजगढ विमानस्थल निर्माणका बाँकी उल्झनका विषयलाई किनारा लगाउँदै निर्माणलाई गति दिइने दृढता व्यक्त गर्नुभयो ।

‘नागरिक उड्डयनको हालको अवस्था र कोभिड–१९ को प्रभाव सम्बन्ध’मा समितिलाई जानकारी गराउँदै मन्त्री भट्टराईले निजगढ विमानस्थल राष्ट्रिय हितको बहुआयामिक विषयसँग जोडिएको संवेदनशील आयोजना भएकाले सरोकार पक्षसँगको समन्वय र सहकार्यमा आयोजनालाई गतिशील बनाइने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो पटक निजगढ विमानस्थल निर्माणका लागि लगानी बोर्डले छनोट गरेको ज्युरिच इन्टरनेशनल एयरपोर्ट अन्तिम पटकको कबोल अवधिमा पनि सम्पर्कमा नआएको भनी समाचार आइरहेका सन्दर्भमा प्रष्ट पार्दै पर्यटनमन्त्रीले ज्युरिचको विकल्पमा नयाँ प्रक्रिया अघि बढाउन सकिने धारणा राख्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.