पहिरो पिडितलाई आर्थिक सहयोग

पाल्पा- पाल्पाको बेलौजामा गत असोज ८ गते पहिरोमा परि ज्यान गुमाएका एकै परिवारका ५ सहित ६ जनाको परिवारलाई पाल्पाली समाज युकेले आर्थिक सहयोग गरेको छ ।

पाल्पाका विभिन्न स्थानमा घर भई हाल बेलायतमा काम गर्ने नेपालीहरुले जम्मा गरेर पठाएको नेपाली दुई लाख रुपैया मृतकका परिवालाई हस्तान्तरण गरिएको हो ।

पहिरोले घर पूर्णरुपमा क्षति पुर्‍याएको बेलौजाका मनबहादुरको परिवारलाई एक लाख, मनसरी आलेको तथा सोही वडाको सुरङडाँडाकी पहिरोमा परि मृत्यु भएकी सुत्केरी महिलाको परिवारलाई पचाँस पचाँस हजार गरि कूल दुई लाख रकम वडा अध्यक्ष उमानसिंह सारु मार्फत हस्तान्तरण गरिएको रकम सहयोग समिति संयोजक देव बहादुर पचभैयाले बताउनुभयो ।

सहयोग रकम बुझ्दै वडाध्यक्ष सारुले प्रभासमा रहेका नागरिकले आफ्नो गाउँठाउँमा परेको समस्यालाई सम्झेर सहयोग गरेकोमा सो रकमबाट पिडित परिवारका लागि काजक्रिया तथा अन्य खाद्यान्न र बस्ती स्थान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो गाउँका अधिकांश घर परिवार अहिले पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.