विश्वकप क्रिकेटः अष्ट्रेलिया अफगनिस्तानसँग २१ रनले पराजित

काठमाडौं- आइसिसी टी-२० विश्वकपअन्तर्गत सुपर-८ को खेलमा अष्ट्रेलिया अफगनिस्तानसँग २१ रनले पराजित भएको छ ।

किङस्टाउनको सेन्ट भिसेन्टस्थित आल्नोस भ्याले ग्राउण्डमा १४९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया अन्तिम ओभरमा १२७ रन बनाउFदा अल आउट भयो ।

टस हारेर ब्याटिङ गरेको अफगनिस्तानले ६ विकेटको क्षतिमा १४८ रनको योगफल तयार पारेको थियो । २० रन खर्चेर ४ विकेट लिएका अफगानिस्तानका गुल्भादिभ नैब प्लेयर अफ दि म्याच घोषित भए ।

यो जितसगै अफगनिस्तानले २ अंक जोडेको छ । समुह १ मा अष्ट्रेलिया २ अंक सहित दोस्रो स्थानमा रहँदा अफगनिस्तान २ नै अंक हुँदा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.