अभ्यास खेलमा श्रीलंकासँग नेपाल ३३ रनले पराजित
काठमाडौँ- एसिसी महिला एशिया कपका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ ।
नेपाल श्रीलंका विकास टोली विरुद्ध डकवर्थ लुइस स्टर्न (डिएलएस) पद्धति अनुसार ३३ रनले पराजित भएको हो ।
वर्षाले प्रभावित खेलमा १५ ओभरमा ९६ रनको लक्ष्य पाएको नेपालले १५ ओभर खेल्दै ९ विकेट गुमाएर ६३ रन मात्र बनाउन सक्यो ।
त्यसअघि श्रीलंकन टोलीले २० ओभरमा ८ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।
नेपालले अब अर्को अभ्यास खेल सोही टोली विरुद्ध भोलि खेल्नेछ ।
तेस्रो अभ्यास खेल भने जुलाई १६ का दिन हुनेछ ।
नेपालले एशिया कपको उद्दघाटन खेलमा जुलाई १९ मा युएई विरुद्ध खेल्नेछ ।
नेपाल रहेको समूहमा भारत र पाकिस्तान समेत रहेका छन् ।।
प्रतिक्रिया राख्नुहोस्