काभ्रेमा भीडभाड बढ्यो, सावधानी अपनाउन आग्रह

काभ्रे– काभ्रेको बनेपा लगायत बजार क्षेत्रमा भिडभाड बढेपछि प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ ।

नजिकिँदै गरेका चाडपर्वका लागि किनमेल गर्न आउनेको बजार क्षेत्रमा भिडभाड बढेको छ । काभ्रे जिल्लामा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपनि नागरिकहरुले संक्रमणको बेवास्ता गर्दै सरकारले तोकेको न्यूनत्तम स्वास्थ्य मापदण्ड समेत पूरा नगरी बजार क्षेत्रमा किनमेल गर्ने र हिँड्डुल गर्ने गरेपछि प्रशासनले सजगता अपनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कोभिड व्यवस्थापनको निर्णयानुसार भिडभाड नगर्ने, कुनै पनि भीड हुने खालको कार्यक्रम गर्न निषेध गरिएको बताउनु भयो ।बजारमा चाडवाडका लागि विभिन्न सामान खरिद गर्न आउनेहरुलाई उद्योग वाणिज्य संघसँग समन्वय गरेर सामाजिक दूरी कायम गरी न्यूनत्तम स्वास्थ्य मापदण्ड अपनाई बजारमा खरिद बिक्रिको व्यवस्थापन गर्न अनुरोध जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.