मन्त्रीका लागि नेताहरुको नाम टुँङ्गो लगाउँदै काँग्रेस

काठमाडौँ-  आफ्नो दलबाट नयाँ सरकारमा पठाउने नामहरु टुँङ्गो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र मन्त्रीका लागि नेताहरुको नाम टुङ्गो लगाउने निर्णय हुने बताइएको छ । साथै पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने कांग्रेसले बताएको छ ।

काँग्रेस–एमालेबिचको भएको भनिएको समझदारी अनुसार काँग्रेसले गृहसहित ९ मन्त्रालय  र एमालेले अर्थसहित ८ मन्त्रालय पाउने खवरहरु बाहिर आएका छन् ।

बैठकमा विपद् व्यवस्थापनका बारेमा छलफल हुने र सरकारलाई विपद् न्यूनीकरणका लागि सरकारलाई सुझाव दिइने समते बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.