चीनको सिचुआनस्थित एक ब्यापारिक भवनमा आगलागीः कम्तीमा छ जनाको मृत्यु

काठमाडौं- चीनको सिचुआन प्रान्तको जिगोङ सहरस्थित एक ब्यापारिक भवनमा आगोलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।

लामो समयको उद्धारपछि ३० भन्दा बढीलाई सुरक्षित तवरले निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । १४ तले भवनमा लागेको आगो नियन्त्रणमा आइसकेको छ ।

भवनमा लागेको आगोको दृश्य विभिन्‍न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राखिएको छ । भवनको माथिबाट बाक्लो कालो धुवाँ उडिरहेको दृश्य देखिएको छ ।

औद्योगिक राष्ट्र चीनमा आगलागीका घटनाहरु बारम्बार हुने गरेका छन् । यसअघि गत जनवरीमा पनि भीषण आगलागी भएको थियो । सो आगलागीमा मात्र ३९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.