लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने तयारी गर्नु भएको छ । चौथो अधिवेसनको २४ औं बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावीत कार्यसूची सार्वजनिक भएको छ ।

लुम्बिनी प्रदेश सभाको २४औं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्यसहित आफूमाथी प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्ताव माथी छलफल भई उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री दिने सम्भावित कार्यसूची रहेको प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

यता नयाँ राजनितिक समिकरणका आधारमा कांग्रेस, एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन आन्तरिक रुमा ह्वीप जारी गरेको जनाइएको छ ।

यस्तै बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषद्मा कार्यविभाजन गरी पुर्नगठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।

केन्द्रमा कांग्रेस-एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए ।

सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने हुन्छ ।

माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

अहिले मुख्यमन्त्रीसँग माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एक÷एक गरी १२ जनाको मात्रै समर्थन रहेको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.