कंग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित हुनुभएको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई हिजो प्रमुख सचेतकमा मनोनित गर्नुभएको हो । पार्टीका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएसँगै घिमिरेले प्रमुख सचेतकको जिम्मेवारी पाउनुभएको हो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका घिमिरे गत निर्वाचनमा सिन्धुली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

संसदीय दलका नेता देउवाले नेपाली कांग्रेसको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा १ बमोजिम मनोनयन गर्नुभएको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.