माइक्रोबस च्यापिएर घाइते भएका ७ मध्ये एक जनाको मृत्यु
धादिङ – आज विहान सुख्खा पहिरोका कारण रुख खसेर माइक्रोवस च्यापिएका घाइते सात यात्रु मध्य एक जानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको रुवी भ्याली गाउँपालिकास्थित वडा नम्वर-१ बस्ने ७२ वर्षीय निरमान तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी मकेन्द्रकुमार मिश्रले बताउनु भएको छ ।
मृतक तामाङ्गको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थप उपचारका लागि काठमाण्डौँ तीन जनालाई पठाइएकोमा अन्य दुई जनाको उपचार भइरहेको छ । अन्य घाइते मध्ये सबैको अवस्था सामान्य रहेको गजुरी अस्पतालले जनाएको छ ।
सुख्खा पहिरोसँगै आएको रुखले धादिङबाट काडमाण्डौतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१००६ख६५१२ नम्वरको ईलोक्ट्रोनकि माईक्रो वसलाई चेपेको हो ।
माइक्रो वस पूर्ण रुपमा क्षति पुगेको छ । माक्रोवसमा १५ यात्रु सवार रहेका थिए ।
राजमार्ग भने अहिले दुबैतर्फ संचालन भइसकेको छ ।।
प्रतिक्रिया राख्नुहोस्