काभा महिला भलिबलः नेपालले आज भारतसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं- काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत नेपालले आज भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज साँझ पाँच बजेपछि खेल हुनेछ ।

मङ्गलबार भएको खेलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । यसैगरी भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो ।

इरानले तेस्रो स्थानका लागि श्रीलंकाको सामना गर्नेछ । सो खेल आजै ३ बजे हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.