काभा महिला नेसन्स भलिबल : उपाधिका लागि नेपाल र भारत प्रतिस्पर्धा गर्दै

प्रधानमन्त्री ओली फाइनल हेर्न जानुहुने

काठमाडौं –  काभा महिला नेसन्स भलिबलको फाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतको फाइनल भिडन्त दशरथ रङ्गशाला कभर्डहलमा आज साँझ ५ बजे सुरु हुनेछ ।

घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारसँगको भेट पक्का गरेको हो ।

नेपालले सेमिफाइनलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको हो । लिग चरणमा भएको इरानसँगको पराजयको बदला नेपालले सेमिफाइनलमा लिएको हो । लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।

समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । तर नेपालले खेल पाँचौं सेटमा पुगेर जितेको थियो । यो नेपालको ऐतिहासिक जित थियो ।

समूह चरणामा नेपालसँग मात्र पराजित भएको भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ फाइनल भिडन्तका लागि मैदान उत्रने छ ।

प्रधानमन्त्री ओली फाइनल हेर्न जाने

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच हुने काभा महिला नेसन्स लिगको फाइनल हेर्न जाने हुनुभएको छ।

उपाधिका लागि नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ । सो खेल हेर्न ओली कभर्ड हल जान लाग्नुभएको हो।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.