पेरिस ओलम्पिक २०२४ को समापन समारोह आज

काठमाडौँ- पेरिस ओलम्पिक २०२४ आज सम्पन्न हुँदैछ ।

नेपाली समय अनुसार आज मध्यरातमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने भव्य समापन समारोहबीच ओलम्पिक प्रतियोगिताको ३३औं संस्करण पेरिस ओलम्पिक २०२४ को विधिवत समापन गरिँदैछ ।

समापन समारोह आज राति पौने एक बजे शुरु हुने कार्यक्रम छ ।

पेरिसमा रहेको पुरानो रंगशाला स्टेडे दे फ्रान्समा ओलम्पिक समापन समारोहको आयोजना गरिदैँछ जहाँ ओलम्पिकमा सहभागी सबै खेलाडी र खेल पदाधिकारीहरुलाई विदाइ गर्ने कार्यक्रम छ ।

यसका साथै अबको ४ वर्ष पछि सन् २०२८ मा हुने ३४औं ओलम्पिक आयोजना गर्न अमेरिकाको लस एन्जल्स शहरलाई ओलम्पिम झण्डा हस्तान्तरण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

त्यसैगरी, अबको १७ दिन पछि यहि अगस्ट महिनाको २८ तारिखबाट हुने पेरिस २०२४ प्यारालम्पिक्सको झण्डा हस्तान्तरणको पनि कार्यक्रम छ ।

१६ दिनसम्म चलेको ओलम्पिक्सको अन्तिम दिन आज विभिन्न खेल विधामा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको छ । अब केही खेलमात्र बाँकी रहँदा हालसम्मको पदक तालिकामा चीनले सर्वाधिक ४० स्वर्ण पदक जितेको छ ।

चीनले २७ रजत र २४ कास्य पदक सहित कुल ९१ पदक जित्न सफल भएको छ ।

यसैगरी कुल पदक संख्यामा अघि रहेको अमेरिकाले ३९ स्वर्ण पदक सहित ४४ रजत र ४२ कास्य सहित १२५ वटा पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले २० स्वर्ण पदक सहित ४५ पदक जितेको छ ।

९२ मुलुकले सहभागीता जनाएको पेरिस ओलम्पिक्समा ६२ मुलुकले स्वर्ण पदक जित्न सफल भएका छन् भने ८४ मुलकले कुनै एक पदक जितेका छन् ।

पेरिस ओलम्पकि-२०२४ यही साउन ११ गते भव्य समारोहकाबीच उद्घाटन गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.