पाल्पामा माइक्रोबस दुर्घटना, ७ जना घाइते

पाल्पा-  सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल खण्डको तिनाउ गाउँपालिका-५ जोरधार भन्ने ठाउँमा हायस माइक्रोबस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन ।

बुटवलबाट पोखरा जाँदै गरेको ग २ ख १२२५ नम्बरको हाईस सडक किनारको ढुङ्गा भरिएको जालीमा ठोक्किएर सडकमै पल्टिएको थियो ।

घाइते ७ जनाको लुम्बिनी मेडिकल कलेज तानसेन  प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले जानकारी दिनुभएको छ ।

घाइते मध्ये तानसेन नगरपालिका १० की लक्ष्मी कार्की र नवलपरासी सरावल गाउँपालिका बस्ने वर्ष ३० का राजेश गुप्ताको आइसियू कक्षमा उपचार भइरहेको छ ।

उनीहरुको टाउँको र शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रमुख चन्दले बताउनुभयो ।

दुर्घटनामा घाइते बाँकी पाँच जनाको अवस्था भने सामान्य रहेको छ ।

माइक्रोबसमा ८ जना यात्रु सवार थिए ।

चालक स्याङ्गजा वालिङ्ग नगरपालिका ६ बस्ने शेखर कोइरालालाई भने प्रहरीले नियन्त्रणमा लिई दुर्घटना बारे अनुसन्धान सुरु गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.