आइएमई लिमिटेड र जीएमई रेमिट मर्ज हुँदै

मर्जपछि कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान

काठमाडौं –  साउन ३० गतेबाट आइएमई लिमिटेड र जीएमई रेमिटको एकीकृत कारोबार हुने भएको छ । जीएमई रेमिट आइएमईसँग मर्ज भई आइएमई लिमिटेडको नामबाट एकीकृत कारोबार हुने भएको हो ।

मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ रहेको छ ।

रेमिट्यान्स कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठूला कम्पनी हुन् । मर्जपछि कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान गरिएको छ ।

आइएमई देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो भने जीएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो ।

मर्जपछि कम्पनीले १० प्रतिशत सेयर सार्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

यी दुवै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । सोही प्रस्तावअनुसार साउन ३० गते एकीकृत कारोबार हुने भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.