रूसको कुर्स्क क्षेत्रका २८ गाउँ युक्रेनको कब्जामा

युक्रेनी सेनाले रूसको कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गर्न सफल भएको छ। युक्रेनले पछिल्ला ६ दिनयता रूसको कुर्स्क क्षेत्रभित्र प्रवेश गरी लडिरहेको छ।

अहिलेसम्म युक्रेनले सो क्षेत्रका २८ वटा गाउँ कब्जा गरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । युक्रनले भने रुसी क्षेत्रहरु कब्जा गर्ने आफ्नो मनसाय नरहेको बताएको छ ।

युक्रेनको राजधानी कियभस्थित विदेश मन्त्रालयले रुसको कुनै पनि क्षेत्रलाई नियन्त्रणमा राख्ने योजना नभएको स्पष्ट पारेको विविसीले उल्लख गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले लडाइँ चाहिरहेकोले शान्तिका लागि दवाव दिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

यसैबीचमा रुसका राष्ट्रपति पुटिनले सीमावर्ती रुसी नागरिकमाथि युक्रेनले ज्यादती गरेको बताउनुभएको छ ।

युक्रेनले रुसी नागरिक माथि अपराध गरेको आरोप लगाउनुहुदै राष्ट्रपति पुटिनले मस्कोले कियभलाई यसको मूल्य चुक्ता गर्ने चेतावनी दिनुभएको छ ।

युक्रेनले आकस्मात रुपमा आक्रमण गरेपछि रुसले सीमावर्ती कुर्स्क क्षेत्रमा रहेका आफ्ना एक लाख बढि नागरिकहरुका लागि अस्थायी आवास बनाएर सारेको छ । पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेदेखि दुई मुलुकबीच युद्ध जारी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.