एनईएको अध्यक्षमा सिडेनबाट बरालको नेतृत्वमा उम्मेदवारी घोषणा

काठमाडौं – इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियसनका एनईए लागि सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले अध्यक्षमा सुवासचन्द्र बराललाई अघि सारेको छ ।  बुधबार ललितपुरमा एक कार्यक्रममा बीच सिडेनले बरालको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको हो ।

उम्मेदवारी घोषणा सभामा सिडेनले नेपाल इन्जिनियर्स एशोशिएसनको सबलिकरण, इञ्जिनियरहरूको क्षमता अभिवृद्धि तथा पेशागत सहयोग, एकता सहकार्य तथा गुणस्तर सहितको सामाजिक आदर्श निर्माण र हकहितको संरक्षण तथा पैरवी गर्ने प्रतिवद्दता पनि सार्वजनिक गरेको छ ।

भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.