थोपल खोलाले एप्रोच सडक बगाउँदा सदरमुकाम सँगको सम्पर्क विच्छेद

धादिङ – लगातारको वर्षा संगैको बाढीले गर्दा दामान पाख्रिन मार्गमा पर्ने थोपल खोलाले जमिन कटान गर्न थालेसङै थप समस्या आएको छ ।

थोपल खोलामा आएको बाढीले गर्दा नीलकण्ठ नागर पालिका स्थित वडा नम्बर ३ र १२ जोड्ने कजवेको एप्रोच सडक समेत बगाए पछि त सयौँ मानिसहरू सदरमुकाम आउनबाट वञ्चित भएका छन् ।

विद्यालय आउने बालबालिका र तरकारी तथा  फलफुलगाएत लगाएत दुग्ध जन्य बस्तुहरू बिक्रीका लागी आउने किसानहरु समेत बाटोमा नै अलपत्र अवस्थामा रहेको छ ।

एप्रोच सडक बगाउँदा धादिङवेसी देखी तिप्लङ्गसम्म जोड्ने सडकको यातायात समेत प्रभावित भएको छ । यसो त सो आसपासका वस्ति समेत खोलाले कटान गरेका कारण जोखिममा परेको भन्दै तत्काल नियन्त्रणका लागी सहयोग गर्नु पर्ने भन्दै स्थानीयले सरोकारवाल निकायसंग आग्रह गरेका छन् । सो स्थानमा पक्की मोटरेवल पुल नहुँदा हरेक वर्ष जसो मानिसहरूले खोला तर्दा ज्यान गुमाउनु परेको गुनासो समेत स्थानीयको छ ।

अहिले कजवेको दुवैतर्फको एप्रोच सडक कटान गरी बाढीले बिगारेको छ । एका तर्फीको भाग पूर्ण रूपमा बगाएको छ भने अर्को तर्फ खोलाले कटान सुरु गरेको छ । सडक सुचारु गर्नका लागी नीलकण्ठ नगर पालिकाको डोजर सहितको टोली लागी रहेका छन् ।

थोपल खोला माथि सो स्थानमा पक्की मोटरेवल पुल नहुँदा सुगम क्षेत्र समेत दुर्गम जस्तै भएको अनुभूति स्थानीयले गरेका छन् । सामान्य वर्षामा समेत गेग्र्यान र ढुङ्गा आएर कजवे पुल थुनिदा पुल माथिबाट पानी बग्ने गर्दा यस भेगका नागरिकले वर्षौँ देखि सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.