हावाहुरी र चट्याङबाट गुल्मीका चारवटा पालिकामा विद्युत सेवा अवरुद्ध

गुल्मी- हावाहुरी र विद्युतका ट्रान्सफरमर लगायत तारमा चट्याङ लागेर गुल्मीका चारवटा पालिकामा विद्युत सेवा अवरुद्ध भएको छ ।

बिहीबार बेलुकी हावाहुरीसँगै परेको चट्याङले विद्युतका ट्रान्सफरमर र तारमा क्षति पुर्‍याउँदा धुर्कोट, मदाने, मालिका, इस्मा र मुसिकोटका केही वडामा पुग्ने विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।

हावाहुरीसँगै चट्याङले रेसुङ्गा नगरपालिका वडानम्बर -५ देखि धुर्कोट गाउँपालिका वडानम्बर-५ वस्तुसम्म जोड्ने ३३ केभि मुख्य लाईनको ठाँउठाउँमा धेरै नै क्षति गरेर विद्युत सेवा अवरुद्ध भएको गुल्मी वितरण केन्द्र प्रमुख इन्जिनियर अर्जुन पोखरेलले बताउनुभयो । विद्युत सेवा सुचारु गर्न प्राविधिक टोली खटिएको पोखरेलले बताउनुभयो ।

यस खण्डमा केही दिनयता विद्युत नियमित हुन सकिरहेको छैन । जसले गर्दा मोबाइल नेटवर्कमा समेत समस्या हुँदै आएको छ । गाउँ टोलमा विद्युतका तार ट्रान्सफरमरमा क्षति भएको देखेको खण्डमा तुरुन्तै खबर गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.