उन्नत जातको मकैमा लागेन दाना, लगानी डुब्ने चिन्तामा किसान
धादिङ- दक्षिणी धादिङको थाक्रे गाउँपालिका किसानको लगाएको मकैबालीमा यस पटक भने भित्र्याउन पाएनन् । लगाएको मकैको बोट मात्रै सप्रिएको र मकैमा फल नलागेपछि किसानले गरेको खेती ब्यार्थ भएको हो ।
मकै धादिङ जिल्लामा मुख्य बालीको रुपमा खेती गरिंदै आएको छ । यसपटक भने किसानहरुले स्थानीय थाक्रे गाउँपालिकाले पचास प्रतिशत अनुदानमा वितरण गरेको मकै लगाएका हुन् ।
थाक्रे गाउँपालिकास्थित वडा नम्वर-६ का झण्डै ३ सय ३५ घरधुरी किसानले स्थानीय पालिकामार्फत वडाले बाँडेको सीपी-८०८ जातको मकैको बीउ रोपका हुन् ।
वडाले बाँडेको उन्नत जातको बीउ रोपेर धेरै मकै फलाउने आशामा रहेका यहाँका किसान अहिले मकैको बोटमा घोगा नै नलागेपछि थप समस्यामा परेका हुन् । कुनै कुनै बोटमा घोगा लागेको भएपनि घोगाभित्र मकैको दाना नहुने समस्या भएपछि किसानहरु यस वर्षको खाद्यान्न जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् ।
स्थानीय तहले वितरण गरेको उन्नत जातको मकैको उत्पादन नै लिन नपाएपछी किसानहरुलाई सरकारले क्षतिपूर्ति सहितको राहत दिनुपर्ने खाद्य अधिकारकर्मी गेकर्ण रुपखेतीको भनाई छ ।
यता वडाका मकैमा समस्या देखिएपछि प्राविधिक ल्याएको तर उपचार गर्ने प्रयास गर्दापनि विफल भएको बताउँछन् । अहिले ८२ भन्दा धेरै किसानको बारी रोपेको मकै सुक्दै जना थालेको छ भने मकैमा कीराको प्रकोप समेत देखिएको छ ।
समस्या देखिएपछि बीउ आयात गर्ने कम्पनीलाई समेत जानकारी गराइएको र किसानलाई क्षतिपूर्ति दिलाउने प्रयास गरिरहेको स्थानीय जनप्रतिनिधिको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्