अझै पनि देशका विभिन्न ठाउँमा बाल श्रमशोषण कायमै

काठमाडौँ- आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाउन लागिएको यस पटकको बाल दिवसमा बालबालिकाको अधिकार रक्षाका लागि काम गर्ने विभिन्न संघ संस्था तथा विद्यालयहरुले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।

सरकारले प्रत्येक वर्ष भदौ २९ लाई बालदिवस घोषणा गरेर चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

यो दिवस राष्ट्रियस्तरमा मनाउने गरिएपनि अधिकारबाट बञ्चित बालबालिकाको अवस्थामा अपेक्षा गरिए अनुसार भने सुधार हुन नसकेको यस क्षेत्रका विज्ञहरुको भनाइ छ ।

बालअधिकारकर्मीका अनुसार देशका विभिन्न ठाउँमा बाल श्रमशोषण कायमै रहेको, विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै रहेको बताएका छन् ।

बालअधिकार स्थापनाको लागि नेपालले बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.