‘संविधानको कार्यान्वयन र प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व’

काठमाडौँ – नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले परिवर्तनका लागि निरन्तर लडेका पक्ष संविधानको रथार्थ दह्रिलो ढङ्गबाट उभिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले संविधानको सफल कार्यान्वयनसँगै जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

“यो संविधानका सबै धारामा सहिदको आवाज, राष्ट्रियताको प्रवाह, नेपालको सुन्दर भविश्यको प्रतिबिम्ब र सङ्घर्षको गीत छ”, सांसद श्रेष्ठले भन्नुभयो, “संविधानले प्रभावकारी रुपमा काम गर्न सक्यो कि सकेन, सकेका छैनन् भने के–के कमीकमजोरी भए, भोलिका दिनमा त्यसलाई कसरी सच्याएर अघि बढ्ने भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्छ ।”

जनताको युद्धलाई ‘हिंसा’ भन्न पाइँदैनः सांसद विश्वकर्मा

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सांसद विष्णुबहादुर विश्वकर्माले व्यवस्था परिवर्तनका लागि जनताका साथमा माओवादीले सुरुआत गरेको जनयुद्धलाई ‘हिंसा’ भनेर अपमानित गर्न नहुने बताउनुभयो । “यदि माओवादी जनयुद्ध ‘हिंसा’ थियो भने सरकारले किन वार्ता गर्यो, किन राजनीतिक दलहरुले गणतन्त्रको पक्षमा माओवादीसँग सहकार्य गरे रु”, उहाँले प्रश्न गर्नुभयो, “माओवादी आन्दोलन हिंसा थिएन, जनयुद्ध थियो, जसले व्यवस्था परिवर्तनका लागि लड्यो ।”

सांसद विश्वकर्माले जनताका माग तत्कालीन सरकारले सम्बोधन नगर्दा जनविद्रोहको अवस्था पैदा भएको दाबी गर्नुभयो ।

‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’स्थापनाको माग

मनोनित सांसद अन्जान शाक्यले कृषिको आधुनिकीकरणबाट लाखौँ रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो । “मुलुकको समृद्धिका प्रमुख क्षेत्रका रुपमा कृषि क्षेत्र छ । कृषिको विकास र विस्तार गर्ने हो भने लाखौँ सङ्ख्यामा युवा, किसान, वैज्ञानिक, उद्यमीलगायतले काम गर्ने अवसर पाउनेछन् । यसका लागि कृषिमा आधुनिकीकरण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

उहाँले कृषिमा क्रान्ति ल्याउन सरकार, नागरिक र विज्ञ एकजुट हुनुपर्नेमा जोड दिँदै यसबाट कृषि क्षेत्रलाई उच्च विकसित उद्योगका रुपमा विकास गर्न सकिने दाबी गर्नुभयो । नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन परम्परागत कृषिलाई आधुनिकीकरण गर्न ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’स्थापना गर्न अत्यावश्यक रहेको उहाँको सुझाव थियो ।

द्वन्द्वलाई नकोट्याऔँ, न्याय र परिपुरणमा ध्यान दिऔँ ः सांसद गैरे

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का सांसद राजेन्द्रलक्ष्मी गैरेले चाडपर्वका समयमा उपभोक्ता ठगीमा पर्ने सम्भावना बढ्ने जनाउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । “मूल्य नियन्त्रण, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति, गुणस्तरको प्रत्याभूतिलगायत विषयमा सरकारको ध्यान जानुपर्छ”, उहाँले भन्नुभयो ।

प्रमुख राजमार्गमा बढ्दो सडक दुर्घटनाबाट आमनागरिक त्रसित बनिरहेको उल्लेख गर्दै सांसद गैरेले सडक सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्नुभयो । व्यवस्था परिवर्तनका लागि मुलुकमा सशस्त्र द्वन्द्व भएको जनाउँदै उहाँले द्वन्द्व समाधानका दिशामा अघि बढिरहेका अवस्थामा पुराना घाउलाई कोट्याउने भन्दा पनि पीडितलाई न्याय र परिपुरण दिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

मधेसको विकासमा विशेष योजना ल्याउन आग्रह

जनता समाजवादी पार्टी नेपालका सांसद मृगेन्द्रकुमार सिंह यादवले हुलाकी राजमार्गलाई पूर्णता दिनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सप्तरीको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बजेट अभावका सेवा प्रवाह हुन नसकेकातर्फ सरकारको ध्यानाकृष्ट गराउँदै उहाँले तराई÷मधेसका क्षेत्रको विकासमा विशेष योजना ल्याउन माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.